असार १५ गते पाचौं हेमजा हिले महोत्सव

पाेखरा | असार ४, २०८२

असार १५ गते पाचौं हेमजा हिले महोत्सव

पोखरा:  पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ ।


यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । 


महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ ।


विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए ।


महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।    

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्